काठमाडौं। नेपाल मेडिकल कलेजको सम्पूर्ण सेवाहरु सूचारु भएको छ । प्रहरी प्रशासन, स्थानीय निकाय र सरोकारवालाहरुले कलेजमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाका लागि प्रतिबद्धता जनाएपछि ३ दिनदेखि बन्द रहेका सबै सेवाहरु सूचारु गरिएको हो।
शनिबार गहृमन्त्री नारायणकाजी श्रेष्ठ समेतले अस्पतालमा भएको तोडफोडमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाको तथा प्रहरी प्रशासनले आइतबार अपरान्ह भित्रै जेठ ३० गते भएको तोडफोड र आक्रमणमा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएकाले अस्पतालका सेवाहरु सूचारु गरिएको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताए।