काठमाडौं । देशका केही भू–भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ । बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।