काठमाडौं । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्। एक्कासि ज्वरो र झाडापखाला लागेपछि सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।
उपचारका लागि आउँदा उनलाई एकदमै ज्वरो आएको उपचारमा संलग्न चिकित्सकले बताए।