काठमाडौं । औषधि व्यवस्था विभागले अत्यावश्यक औषधि उपलब्ध गराउनका लागि औषधिको उत्पादक, आयातकर्ता, र अस्पताललाई निर्देशन दिएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उपचारका क्रममा औषधि जीवन रक्षक भएकोले उपलब्ध गराउनका लागि अनुरोध गरेका हुन् ।
अत्यावश्यक औषधिहरु बजारमा उपलब्ध नभएको भनि व्यापक रुपमा जनगुनासो आएपछि विभागले एक सुचना जारी गरी त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।