काठमाडौं। पर्साको धोबिनी गाउँपालिका– ३ हरिहरपुरमा यतिबेला पशुजन्य लम्पीस्किन रोग देखापरेको छ । गोठमा रहेका गाई–गोरु लगायतका पशुहरुमा भाइरसबाट लाग्ने लम्पीस्किन रोग देखिएको हो।
यस रोगले पशुहरुमा जिउभरी फोका जस्ता घाउ देखापरेको छ। धोबिनी गाउँपालिका– ३ हरिहरपुरका गाई पालक उपेन्द्र पटेलको गाइलाई यो रोग लागेको देखिएको उनले बताए । गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किशान चिन्तित बनेका छन्।
गोठमा भएका पशुहरुमा लाग्ने यस रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेका छन्। भाइरस रोग पशुबाट सम्पर्कमा आएपछि अर्को पशुहरुमा सर्ने गर्छ ।यो गाई–भैँसीमा लाग्ने रोग तर यसको प्रकोप भैंसीभन्दा गाईमा बढी देखिएको छ।
जिउमा फोका फोका हुने उच्च ज्वरो आउने, खाना नखाने अदि लक्षणहरु देखिएको पशु डाक्टर मुरलीधर पाण्डेले जबताए।