काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको शिक्षण अस्पतालमा मुटुको शल्यक्रिया गरिएको छ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ।अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गत शुक्रबार राति सो अस्पतालमा भर्ना भएका थिए।
उनको मुटुको चाल कम भएकाले अस्पतालले केही दिनसम्म निगरानीमा राखेर मनिटरिङ गरिरहेको थियो । तर, सुधार नभएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको मनमोहन स्रोतले जानकारी दिएको छ।राष्ट्रपति पौडेललाई गत मंगलबार छातिको बीचमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्याइएको थियो ।