काठमाडौं - काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा तथा दन्त शिविर सम्पन गरेको छ। अस्पतालको आँखा तथा दन्त विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
उक्त शिविरमा २२५ जनाको आँखाको परीक्षण गरिएको थियो भने १५० जनालाई नि शुल्क औषधि तथा २५ जना लाई चस्मा प्रदान गरिएको थियो । भने उक्त शिविरमा ४८ जनाले दन्त सेवा लिएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा.रामनन्द प्रसाद चौधरीका अनुसार अस्पतालले सी एस आर अन्तर्गत अन्य विभाग सँग समन्वय गरेर यस्ता कार्यक्रम आयोजना गर्ने अस्पताल को लक्ष्य रहेको जानकारी दिए ।




