काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिगका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट,क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिग एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले औषधी र अपरेशन सम्बन्धी शुल्कमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १ सय २२ एटिएम सञ्चालनमा रहेका छन् ।