काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
झिमरुक गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रसंशा गर्दै स्वास्थय कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले भने, यो अभियान सबैको भएकोले महाअभियानको रुपमा गाउँ गाउँ सम्म पुर्याउनुपर्ने बताए । प्युठान जिल्लालाई २०७२ मा पुर्ण खोप जिल्ला घोषणा गरिएपनी गाउँ गाउँ सम्म आफ्ना नानिबाबुलाई खोप लगाउन अनिवार्य भएको कुरामा जागरुक गराउन सबै मिलेर अभियानकै रुपमा लैजानु पर्नेमा जोड दिए ।
अभियानको उदेश्य भनेको कुनैपनी नानिबाबु खोप लगाउनबाट नछुटुन भन्ने हो उनले भने,’राज्यले एक बच्चालाई खोप लागाउन करिब ४० हजार खर्च गर्छ ।’ खोप संगै गाउँ आगनमै पुगेर सुत्केरी जाच गर्ने र सबै बच्चा अस्पतालमा जन्माउने अभियान समेत संगसंगै लैजान पहल थाल्नुपर्ने डाक्टर पाण्डेले बताए । यसकाे लागी स्थानीय सरकारले बिद्यालय आमा समुहमा गएर स्वास्थय सम्बन्धि सचेतना कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ ।