काठमाडौं । झापामा सर्पदंशका कारण एक ३२ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेको र सोही क्रममा उनलाई सर्पले डसेको थियो।
मदिरा सेवन गरेर नसा लागेको बेलामा उनले सर्प समातेको र सर्पलाई घाँटीमा बेरेपछि दुवै हातमा सर्पले डसेको थियो । सर्पको डसाईबाट सख्त भएका उनलाई राति नै चारआलीस्थित सर्प दंशउपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।