काठमाडौं । यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा. मिङ्मार शेर्पालाई प्रदान गरिने भएको छ ।
ग्रामीण स्वास्थ्य र महिला खेलाडीहरुको दृष्टिकोण परिवर्तन गर्न स्थानीय ,प्रादेशिक, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्ने २ जनालाई मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार असार १४ गते प्रदान गर्ने भएको हो ।
गौशालास्थित फाउन्डेशनको हलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गरी उक्त घोषणा गरिएको हो । विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानमा गरिब तथा असहाय तथा सेवाको पहुँचबाट वन्चित रहेको समुदायलाई विशेष प्राथमिकताका साथ मातृ मृत्युदर घटाउन आधारभुत स्वास्थ्य सेवाको सहजताका लागि ग्रामीण अल्ट्रासाउन्ड, टेलिमेडिसिन सेवा हाडजोर्नी र अपांगताको सेवालाई निरन्तरता दिइएको डा.शेर्पालाई एक लाख नगदसहितको पुरस्कार दिने घोषणा गरिएको हो । उनी स्वास्थ्य सेवा विभागमा पूर्व -निर्देशक हुन् ।
यसैगरी खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा महिला खेलाडी श्री निरु कुमारी मगरलाई समेत उक्त पुरस्कार दिने घोषणा गरिएको छ ।