एजेन्सी । आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक वर्ष घटेको छ । दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन् ।
कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिँदै आएको थियो ।
तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधवारबाट सबै कोरियालीको उमेर एक वर्ष कम राखेर गणना गरिन लागेको हो ।
यो ऐन यसै वर्ष संसद्बाट पारित भएको थियो ।