काठमाडौं । कोशी प्रदेशमा डेंगु परीक्षण किटको चरम अभाव देखिएको छ। बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको चरम अभाव भएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालू आर्थिक वर्षमा पठाएको ३ हजार ६५० थान किट सकिएपछि समस्या भएको छ । बर्खायाम शुरू भएसँगै डेंगु रोगका बिरामीको संख्या बढेर गएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगु परीक्षण गर्ने किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग माग गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले बताए ।