काठमाडौं । साउदी अरेबियामा गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।
साउदीको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपालीसहित दुई जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर मृत्यु हुनेनेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड बुझिएको छ।
साउदी समाचार संस्था एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाए अनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए । दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो।