काठमाडौं - काठमाडौंको इशान बाल तथा महिला अस्पतालले २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ। बसुन्धरा नेशनल एकेडमी स्कुलको आयोजना र इशान अस्पतालको प्रविधिक सहयोगमा शिविर सम्पन भएको छ ।
उक्त शिविरमा विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थी , शिक्षक तथा अभिभावकको आँखा तथा दन्त परीक्षण गरिएको थियो ।
उक्त शिविरमा ३२५ जनाको आँखाको परीक्षण गरिएको थियो भने ३२३ जनाले दन्त परीक्षण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा।रामनन्द प्रसाद चौधरीले जानकारी दिए ।
इशान अस्पताल बाल अस्पताल भएको ले विद्यालय स्वास्थ्य कार्यक्रमहरु भबिस्यमा पनि भैरहने अस्पतालका महाप्रवन्धक भक्त बहादुर शाहीले बताएका छन् ।



