काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको नियमितता र स्थायित्वको लागि भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन्।
जस अन्तरगत असार २३ सम्म कालोपट्टी बाधी सेवा सुचारु गर्ने, असार २४ देखि साउन ६ सम्म तालाबन्दी सहितको रिले अनशन कार्यक्रम, साउन ७ देखि अनिश्चितकालिन आकस्मिक चिकित्सकिय सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु अवरुद्ध गर्नेसहितका कार्यक्रम सार्वजनिक गरेका छन्।