काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टार पदमा डा डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्।
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरिएको हो । उपकुलपति डा. रावलले डा धामी, डा. भुमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए ।