काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी तथा राति कोशी, गण्डकीका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघरगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघरगर्जनरचट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।