काठमाडौं । नेपालमा जथाभाबी रुपमा एन्टिबायोटिकको प्रयोग हुने गरेको अनुसन्धानबाट पुष्टि भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करिब १ वर्ष लगाएर गरेको एक अध्ययनले नेपालमा जथाभावीरुपमा एन्टिबायोटिकको प्रयोग हुने गरेको तथ्य पुष्टि भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज एक कार्यक्रमका बीच उक्त अनुसन्धानको नतिजा प्रस्तुत गर्दै नेपालका करिब २५ प्रतिशत स्वास्थ्यकर्मीहरुले जभाबाभीरुपमा एन्टिबायोटिकको प्रयोग गर्ने गरेको बताएको हो ।
एन्टीबायोटिकको प्रयोगमा विश्व स्वास्थ्य संगठनले छ्ट्याएको समूहमा पहिलो एक्सेस, दोस्रो वाच र तेस्रो रिजर्भड गरी तीनवटा पर्ने गर्छन् ।जसमा स्वास्थ्यकर्मीले औषधि प्रयोगको अनुमती दिदाँ एक्सेस समुहलाई पहिलो प्राथमिकता दिनुपर्ने मापदण्डमा उल्लेख छ । तर नेपालका स्वास्थ्यकर्मीले एक्सेस समुहको कम र वाच समुहको औषधि बढी मात्रामा प्रयोग गरेको अनुसन्धानले पत्ता लगाएको छ ।
एक्सेसको भन्दा वाच समुहका औषधि बढी प्रयोग हुनुमा अनुमतीमा कमीकमजोरी रहेको निष्कर्ष अनुसन्धानको छ छ । अध्ययनमा डाक्टर स्वास्थ्यकर्मी, बिरामी, भेटेरिनियन, पोल्ट्री फार्ममा आवद्ध कृषकहरु गरि ९ हजार ७२ जनालाई अध्ययनमा सहभागी गराइएको थियो ।
एन्बिायोटिक वा औषधि प्रयोगको अनुमती दिने क्रममा ४९ प्रतिशत स्वास्थ्यकर्मीहरुले मात्रै ल्याब परीक्षण गर्ने गरेको तथ्य समेत अध्ययनले फेला पारेको छ । ल्याब परीक्षण बिना नै औषधिको प्रयोग गर्दाे त्यसले स्वास्थ्यमा गम्भीर असर पार्ने गर्छ ।