काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले असार २३ गते शनिबारका दिन नि : शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
महिलाहरुमा हुने पाठेघर तथा प्रजनन सम्बन्धि समस्याको समयमै पहिचान गर्न का लागि वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. उसा कार्की र डा. सिमा मिश्र द्वारा शिविरमा स्वास्थ्य जाँच गरिने छ। ।
सामुदायिक सेवा केन्द्र ,सामुदायिक प्रहरी सेवा केन्द्र ,लायन्स क्लब अफ भक्तपुर नागरिक र नागरिक सामुदायिक अस्पतालको सहकार्यमा हुन लागेको उक्त शिविरमा महिलाहरु हुने पाटेघर तथा प्रजनन सम्बधि , डाक्टर जाँच तथा परामर्श , युरिन टेस्ट, सिबिसि टेस्ट, टिभियस ( बाँझोपनको समस्या भएका महिलाहरुका लागि), पुर्जन अनुसार निशुल्क औषधि वितरण लगाएतका सेवा प्रदान गरिने छ । साथै अन्य ल्याब जाँचहरु , अल्ट्रासाउन्ड ,प्याप स्मियरमा २०% तथ फार्मेसीमा १०% छृट को व्यवस्था गरिएको छ ।
उक्त शिविर नागरिक अस्पतालकै प्रांगणमै यहि मिति २०८०/०३/२३ गते शनिबारको दिन बिहान ०७ः०० देखि १०ः०० सम्म हुदैछ । नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।