काठमाडौं । आगामी साउन १ गतेदेखि वीर अस्पतालमा बिहान ८ बजेदेखी ओपिडी सञ्चालनमा आउने भएको छ । अस्पतालले हाल बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्दै आइरहेको ओपीडि ८ बजेबाट सुरु गर्ने भएको हो ।
अस्पतालमा बिरामीको चाप अत्याधिक बढ्दै गएपछि न्याम्स कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको हो ।