काठमाडौं । काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा २ हजार बढी बिरामी लाभान्वित भएका छन् । हेटौंडा हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार १ सय २० जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो।
निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गरिब तथा विपन्न बिरामीलाई केएमसीको निःशुल्क स्वास्थ्य शिविरले निकै फाइदा पुर्याउने बताइन् । उनले आगामी दिनमा पनि केएमसीसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।
केएमसीका जेनेरल मेनेजर नारायण दाहालले स्वास्थ्य शिविरमा आम नागरिकलाइ अस्पतालकाे स्वास्थ्य सेवाका बारेमा जानकारी दिँदै केएमसीले नयाँ नयाँ उपचार प्रविधिहरू भित्र्याइरहेकाे बताए ।
समय नपुगिकन जन्मिएका शिशुहरूकाे उपचारका लागि केएमसीले नेपालमै पहिलाे पटक आमाकाे गर्भाशयमा जस्ताे वातावरण हुन्छ त्यस्तै वातावरणमा शिशुलाई राख्ने उपकरण समेत थप गरिएकाे र मिर्गाैला प्रत्याराेपण सेवा समेत थालिएकाे बताए ।