एजेन्सी। भारतको हिमाचल प्रदेशमा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना एकै परिवारको रहेका हिन्दुस्तान टाइम्सले जनाएको छ।
कोटगर क्षेत्रको पानेभाली गाउँमा गएको पहिरोका कारण एक घर भत्किँदा श्रीमान-श्रीमती तथा छोराको मृत्यु भएको हो।त्यसैगरी, किकियान तेहसिल चाम्बामा एक पुरुष तथा लान्काबेकार गाउँमा एक महिलाको पहिरोमा परी मृत्यु भएको थियो।
बाढी र पहिरोका कारण विभिन्न स्थानको सडक अवरुद्ध भएको छ।