एजेन्सी । अविरल वर्षा र बाढीले उत्तर भारतका सात राज्य र केन्द्र शासित प्रदेश दिल्लीमा ठूलो धन जनको क्षति पुर्याएको छ । हिमाचल, पञ्जाब, जम्मू कश्मीर, उत्तराखण्ड, हरियाणा, राजस्थान र दिल्लीमा सबै ठूला नदीहरू बगिरहेका छन्।
पहाडहरू भत्किँदै छन् र सडकहरू बगिरहेका छन्। विभिन्न राज्यमा ४४ जनाको मृत्यु भएको छ। हिमाञ्चलमा २० जनाको मृत्यु भएको छ । अर्कोतर्फ, वर्षा सम्बन्धी घटनामा उत्तर प्रदेशमा आठ जनाको मृत्यु भएको छ।
जम्मू-कश्मीर, हिमाञ्चल र उत्तराखण्डमा राष्ट्रिय राजमार्ग र राज्य राजमार्गहरू सहित ९ सय भन्दा बढी सडकहरू बन्द छन् । हजारौं मानिस सडकमा अलपत्र परेका छन् । दिल्लीमा पनि सोमबार यमुनाले खतराको निशान पार गरेको छ।
तराईका क्षेत्रहरू खाली गर्ने काम भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्रीहरू र अधिकारीहरूसँगको बैठकमा स्थितिको जानकारी लिएका छन् । उनले पीडितलाई सहयोग गर्न आवश्यक सबै उपायहरू गर्न निर्देशन दिए।