काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुमा १० प्रतिशत बेड नि:शुल्क भए नभएको विवरण पठाउनका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार संघीय , प्रादेशिक,सामुदायिक तथा निजी अस्पतालहरुलाई परिपत्र गर्दै मन्त्रालयले १० प्रतिशत बेड निशुल्क भए नभएको विवरण माग गरिएको हो ।
स्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० को खण्ड ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या छुटयाई निःशुल्क उपचार अनिवार्य उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्थाअनुसार अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराएको दैनिक विवरण मन्त्रालयको तयार पारेको प्रणालीमा अनिवार्य प्रविष्ट गर्नुहुन अनुरोध छ”, भन्दै परिपत्रमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलले उक्त विवरण माग गरिएपछि अस्पतालहरुले तुरुन्तै दिन सक्ने बताएका छन् । उनका अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार