काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सुोलुखुम्बुको दुधकुण्ड नगरपालिका- २ लामाजुरामा दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ ।
आज (मंगलबार) सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना ग्रस्त अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए । अहिलेसम्म हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको उनले जानकारी दिए । उनीहरुको पहिचान भने भएको छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार थिए ।