काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंलाई धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको हो।घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।