काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी काठमाडौं मेडिकल कलेजमा आबद्ध भएका छन्। ४ दशकदेखि चिकित्सकीय सेवामा समर्पित डा. सायमीले साउन १ गतेदेखि सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा सेवा दिने भएका हुन्।
शहिद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा. सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रुपमा सेवा दिने केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए।
नेपालका अनुभबी मुटु रोग विशेषज्ञ चिकित्सकहरु मध्येका एक चिकित्सकका रुपमा लामो समयदेखि कार्यरत डा. सायमीले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरुलाई अध्यापनसमेत गराउँदै आएका थिए । डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव छ ।