काठमाडौं । सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो।
मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो। अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम लामो समयदेखि अड्केको रहेछ। समितिमा अध्यक्ष र सदस्य नियुक्ति भएपछि ती काम अगाडि बढ्छ होला। विस्तृतमा स्वास्थ्य मन्त्रीसँग कुराकानी गर्नुहोलाु ती मन्त्रीले भने।