काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् । दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा, नेपाल एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल परिसर पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ नर्भिकमा छन् ।उपराष्ट्रपति रामशहायप्रसाद यादव पनि नर्भिक पुगेका छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेत र सञ्चारमन्त्री रेखा शर्मालगायत अस्पताल परिसरमा छन्।
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।