काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मादी ४ कास्कीका बिपिन सापकोटा, पोखरा २ कास्कीका आशिष अधिकारी र अन्नपूर्ण ४ कास्कीका नविन पौडेल रहेका छन्।उनीहरुले अवैधानिक रुपमा मेडिकल काउन्सिलको नाम, लोगो तथा प्रश्नपत्र प्रयोग गरी मोटो रकम समेत असुलेका छन् ।
हाल फरार अवस्थामा रहेका उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरीले खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाइएको छ।