काठमाडौं । आपतीजनक तथा विवादस्पद अभिव्यक्ति दिएकोमा राष्ट्रिय चिकित्सक संघले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका छन् ।
मन्त्रालयमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले खटाएको स्थानमा नजाने कर्मचारीले आत्महत्या गर्छु भन्दा आफूले डोरी दिएर झुण्डिन पठाउनुु भन्ने अभिव्यक्ति दिएका थिए।
मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।
