काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई हटाउने स्वास्थ्य मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेललाई हटाउने निर्णयमा रोक लगाएको हो।
मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका पौडेललाई हटाएर उनको स्थानमा डाक्टर उज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने गरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निर्णय गरेका थिए।