काठमाडौं । पशु चौपायामा कोभिड संक्रण जस्तै गरी लम्पी स्किन रोगको संक्रमण बढेको छ ।
पशुसेवा विभागले मुलुकभर लम्पी स्किन रोगको संक्रमण बढ्दो क्रममा रहेको बताएको छ। विभागका प्रवक्ता डा. चन्द्र ढकालले पशु चौपायामा लम्पी स्किन रोग कोभिड जस्तै महामारीको रुपमा नेपाल लगायत दक्षिण एसियाका सबै मुलुकमा फैलिएको बताएका छन्।
यो रोगबाट हालसम्म साढे ७ लाख पशु चौपाया संक्रमित भैसकेका छन् । असार २५ सम्ममा देशभर ७ लाख ६४ हजार पशु संक्रमित र २६ हजार पशु चौपाया यही रोगबाट मरिसकेका छन् । यो रोग नेपालमा २०७७ मा देखिएतापनि महामारीका रुपमा यहि चैत महिनाबाट फैलिएको विभागले जनाएको छ ।
२०७७ मा रोगको पहिचान भएको थियो । उक्त वर्ष २७ वटा पशु मरेका थिए भने २०७८ मा भने यो रोगले पुश चौपायामा कुनै पनि क्षति पु¥याएको थिएन । अहिलेसम्ममा २ लाख २२ हजार ७ सय पशुमा खोप लगाइएको छ । त्यसैगरी ४ लाख ९३ हजार ४ सय पशु रोगबाट निको भएको पनि विभागले जनाएको छ ।
हाल देशभरी २ लाख ४४ हजार पशु चौपायाहरु लम्पी स्किन रोगबाट संक्रमणको अवस्थामा रहेको पनि विभागले बताएको छ । लम्पी स्किन रोगले सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा पशु मरेका छन् भने सबै भन्दा कम मधेश प्रदेशमा मरेका छन् ।