काठमाडौं । दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा घोषणा गर्नुपर्ने माग राष्ट्रिय सभाका सांसदहरुले गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गरेकी हुन्।
उनले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरिन्।