काठमाडौं । आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थय तथा जनसंख्या मन्त्रीको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएको प्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको तर हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सृजना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सृजना गरेको पाइएको जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञता सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेको र हाल पनि दरबन्दी भन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरवन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरूत्साहन गर्दै स्वास्थ्यकर्मीहरूलाई दरवन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सृजना गर्न तथा वर्षौँदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौँमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भएको हो। निज चिकित्सक तत् पश्चात पत्र बुझी काठमाडौँ उपत्यका बाहिरको संघीय अस्पतालमा हाँजिर भई काम गरिरहेको अवस्था रहेको बिज्ञप्तिमा उल्लेख छ ।
दरवन्दी भएको स्थानमा कर्मचारी नजाने, दुर्गमका गरिब बिपन्न र निमुखा जनताले विशेषज्ञ सेवा नपाउने, तर सुगममा दरवन्दी भन्दा बढी स्वास्थ्यकर्मीरचिकित्सक थुप्रिने गर्दा कामकाज र उनीहरूको सट्टामा करारमा लिएका जनशक्तिले गर्दा राज्यलाई वर्षेनी थप ९५ करोड भन्दा बढी आर्थिक भार परेको छ।
