काठमाडौँ । मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।
त्रिवि शिक्षण अस्पतालसँगैरहेको सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परीसर काठमाडौँका एक अधिकृतले पोखरेल स्टोर रुपमा मृतावस्थामा फेला परेको जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।
प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।