दाङ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि ल्याएका ११ वर्षका आक्रोश नेपालीको मुत्यु भएपछि उत्पन्न विवाद अझै समाधान भएको छैन । क्षारे रोगको उपचारका लागि घोराही बाट प्रतिष्ठानमा आएका बालकको बिहीबार बिहान मृत्यु भएको थियो ।
बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।
आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा समेत प्रभावित भएको छ ।
बिहीबार मृतकका परिवार र अस्पतालबीच छलफल भए पनि सहमति हुन सकेको थिएन ।
प्रतिष्ठानमा पीडित पक्षको आन्दोलन चर्किदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिरहेको छ ।
आन्दोलन हिंसात्मक हुन नदिन प्रतिष्ठानमा सुरक्षाा व्यवस्था कडाई गरिएको छ ।