काठमाडौं । भक्तपुरस्थित मध्यपुर ठिमीमा अवस्थित नागरिक सामुदायिक अस्पतालमा अब पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप उपलब्ध हुने भएको छ।
पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने यो खोप ९-१४ उमेर समुहकाले २ डोज र १४ वर्ष भन्दा माथिका मानिसहरुले ३ डोज लगाउनु पर्ने हुन्छ।यो किशोरकिशोरी र वयश्कहरुलाई लक्षित हातको मांसपेशीमा दिईने एक प्रकारको खोप हो।
साउन १ गतेबाट सुरु गरिने उक्त खोप १२ देखि ५ बजेसम्म प्रत्येक दिन स्त्री तथा प्रसूती रोग विशेषज्ञको परामर्शसहित पाइने अस्पताल प्रशासनले जनाएको छ ।
बेलैमा लगाए यो खोपले शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । समयमै उपचार गरे पाठेघर क्यान्सरको रोकथाम सम्भव छ।