काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । शनिबार कैलालीको धनगढी स्थित सौभाग्य हस्पिटल तथा रिसर्च सेन्टर प्रालिको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रदेश सरकार विशेष गरी स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहान्छ’, मुख्यमन्त्री शाहले भने ‘स्वास्थ्य क्षेत्रमा तपाईँहरु अगाडि बढ्नुस् हामी तपाईँलाई साथ दिन तयार छौँ’ । ‘अहिले प्रविधीले विश्वमा एक किसिमको वातावरण सिर्जना गरेको छ, नयाँ–नयाँ प्रविधि छ, नयाँ–नयाँ साधनस्रोत छन्’, उनले भने ‘सबै कुरा हुँदा हुँदै पनि हामीले अझैँ पनि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा जुन स्वास्थ्य सेवा पाउने गरेका छौँ, त्यो सेवाबाट कताकता वञ्चित भएको जस्तो पनि लाग्छ ।’