काठमाडौं । चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा संघ तथा प्रदेशमा विस्तार गर्नका लागि कार्यदल गठन गरिएको छ । सरकारले आफ्नो नीति अनुसार नै शैक्षिक कार्यक्रमलाई थप विस्तार गरेको जनाएको छ ।
उक्त शैक्षिक कार्यक्रम विस्तारका लागि न्याम्सले डा.लोचन कार्कीको संयोजककत्वमा कार्यदल गठन गरेको हो । न्याम्सका उपकूलपति डा.भुपेन्द्र कुमार बस्नेतका अनुसार न्याम्सको शैक्षिक कार्यक्रम (एमडी, एमएस) अहिले कान्ति अस्पताल, प्रसूति गृह, सिभिल अस्पताल, गङ्गालाल र मानसिक अस्पताल लगनखेलमा चलिरहेका छन्।
उक्त शैक्षिक कार्यक्रमलाई उपत्यकाभन्दा बाहिर नेपाल सरकारका सबै सङ्घीय अस्पतालहरूमा र प्रादेशिक अस्पतालमा पनि विस्तार गर्नका लागि अध्ययन गरी सुझाव दिनका लागि कार्यदल गठन गरिएको उनले बताए।