काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई प्रमाणपत्र तहका स्वास्थ्य तर्फका भर्ना प्रक्रिया तत्कालै रोक्नका लागि पत्राचार गरेको छ ।
आयोगले कलेजहरुको सिट निर्धारणदेखि नवीकरण लगायतका विषयमा निर्णय नै हुन बाँकी रहेको अवस्थामा भर्ना प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै प्रकिया रोक्न पत्र पठाएको हो।