काठमाडौं । देशैभरि डेंगु सक्रमितको संख्या दिनहुँ बढिरहँदा सरकारले डेंगु रोकथामको लागि कार्ययोजना ल्याएको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो।
सरकारले कार्ययोजना बनाएर ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको भूमिका बारेमा स्पष्ट पारिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रूद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए।