काठमाडौं । समयमै अस्पताल पुर्याउन नसक्दा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यकारी अवस्था रहेको हुम्लामा हेलिकोप्टरबाट उद्धारको व्यवस्था हुँदा एक एघार जना गर्भवती महिलाको ज्यान बचेको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम हिमाली जिल्लाहरूमा जटिल रूपमा सुत्केरी बेथा लागेका महिलाको लागि हेलिकोप्टरका साथै राम्रो अस्पताल व्यवस्था गर्न सक्दा उनीहरूको ज्यान बच्न सफल भएको हो।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार पछिल्लो पटक असार ३१ गते तीन दिनदेखि सुत्केरी बेथा लागेका गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको थियो।
हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका- ३ निवासी १९ वर्षीया मनपूरा मल्ल हमालको हेलिकोप्टरबाट उद्धार गरिएको हो।