काठमाडौं । हिमाली जिल्ला मनाङका पशुमा लम्पीस्किनको संक्रमण फैलिँदै गएको छ।
जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो। जिल्लाका पशुमा हालसम्म लम्पीस्किनबाट दुई सय ३६ गाई, गोरु र याक ससंक्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। सुरुमा अन्य पशुलाई देखिएको यो रोग पछिल्लो समय याक र चौरीमा पनि देखिएको छ।
कुसुमका अनुसार ८९ गाई, ९६ गोरुमा लम्की स्किन देखिएको छ। ५१ वटा याक, नाक ९झोपा० र चौँरी पनि लम्पीस्किनबाट संक्रमित भएको उनले बताए।