काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा बालिकाको शव भेटिएको छ । सुन्दरहरैँचा–२ की ७ वर्षीया पेनिसा चौधरीको शव घरनजिक रहेको पोखरीमा बुधबार राति ८ः३० बजेतिर डुबेको अवस्थामा फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले आफ्नै घरको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा उनलाई मृत फेला पारिएको जानकारी दिए।
धान रोप्न खेतमा गएका अभिभावक फर्किएर आउँदा पेनिसा घरमा थिइनन् । खोजी गर्ने क्रममा घर पछाडिको पोखरीमा डुबेको अवस्थामा उनी मृत फेला परेकी हुन्।