काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग आज भेटघाट गरेका हुन् ।
दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यात देखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत बिषयमा महत्त्वपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए ।
भारतका कृषि मन्त्री तोमरसंगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालको आग्रह थियो । जवाफमा भारतीय कृषि मन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।