काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले साउन ६ गते शनिबारका दिन नि : शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

महिलाहरुमा हुने पाठेघर तथा प्रजनन सम्बन्धि समस्याको समयमै पहिचान गर्नको लागी गरेको चेक जाचमा स्त्री रोग विशेषज्ञ डा. उसा कार्कीले सेवा प्रदान गर्नु भएको छ । उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा. उसा कार्कीले ४८ जाना बिरामिको उपचार गर्नु भएको छ भने त्यस्तै इ. एन. टि. डा. रुपक खडकाले ४५ र आखा जाँचमा डा .स्वागत थापाले ६० जाना बिरामिको उपचार गर्नु भएको छ ।


नागरिक अस्पतालकै प्रांगणमै सञ्चालन भएको उक्त शिविरमा महिलाहरु हुने पाटेघर तथा प्रजनन सम्बधि , डाक्टर जाँच तथा परामर्श , सुगर टेस्ट, सिबिसि टेस्ट, टिभियस ( बाँझोपनको समस्या भएका महिलाहरुका लागि), पुर्जन अनुसार निशुल्क औषधि वितरण लगाएतका सेवा प्रदान गरिएको थियो । साथै अन्य ल्याब जाँचहरु , अल्ट्रासाउन्ड ,प्याप स्मियरमा २०% तथ फार्मेसीमा १०% छृट को व्यवस्था गरिएको छ ।

नागरिक अस्पतालले आफ्नो सामुदायिक कार्यक्रम अन्तर्गत समय समयमा विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।

.jpg)