काठमाडौँ । कसैलाई पनि रोग लागेर अस्पताल जान नपरोस, यदी जानै पर्यो भने पैसाको अभावमा उपचारबाट वन्चित हुन् नपरोस भन्ने लक्ष्यका साथ ओम समाज डेन्टल अस्पतालले दाँत उपचार सेवा दिदैं आइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएकाको लागि निस्शुल्क उपचार गर्दै आएको ओम समाज डेन्टल हस्पिटलले अब शिक्षा सबैको लागि भन्दै कक्षा ११ मा ३० जना बिधार्थी लाई निस्शुल्क शिक्षा दिने भएको छ ।
यसै अन्तर्गत ओम समाज डेन्टल हस्पिटलले श्रावण ७ गते श्रावण २३ गते सम्म निस्शुल्क आवेदन फाराम खुल्ला गरेको हस्पिटल प्रशासनले जानकारी दिएको छ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि
https://view.forms.app/omsamajdentalhospital/employee-evaluation-form लिक्क थिचेर छात्रवृत्ति आवेदन फाराम भर्ने सकिने छ । आवेदनको अन्तिम मिती श्रावण २३ गते राती ११ बजेसम्म रहनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटोसहित पठाउनुपर्नेछ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्र कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ हुँदैन ।