काठमाडौं । भक्तपुरको ठिमीमा रहेको नागरिक सामुदायिक अस्पतालले साउन ८ गते सोमबारका दिन धार्मिक स्थल डोलेश्वरमा नि:शुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

'सेवा नै धर्म हो' भन्ने मुल मन्त्रका साथ अस्पतालले व्रतालु तथा भक्तजनहरुका लागि उक्त स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा ३ सय भन्दा बढी बिरामीहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य परीक्षण पश्चात् बिरामीको आवश्यकताअनुसार औषधी वितरण तथा रेफरल स्ल्पि प्रदान गरिएको थियो । उक्त रेफरल स्ल्पिसहित उपचारका लागि नागरिक अस्पताल आउने बिरामीहरुका लागि विशेष छुटको व्यवस्था गरिने अस्पताल प्रशासनले जनाएको छ ।
